१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला भलिबलमा बागमती प्रदेश तेस्रो स्थानमा


117
Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको आज (बुधबार) भएको खेलमा बागमती प्रदेश स्थानमा रहेकाे छ ।

साेही खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको हाे ।

दर्शकहरुले खचाखच भरिएको बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकालेकाे हाे । पहिलो सेट गण्डकीले २५–२० मा जित निकालेको थियो । त्यसपछिका तीनै सेट लगातार बागमती प्रदेशले २५–१२, २५–२१, २५–१६ को खेल खेलेको थियो ।

बुधबार नै सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीको पुलिस क्लबबीच अन्तिम फाइनल खेल हुने आयोजकले जनाएको छ।