१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता नकआउटमा प्रवेश


1.417k
Shares

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोला नकआउटमा प्रवेश गरेकी छन् ।

अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा बाँस्तोलाले जित हासिल गर्दै नकआउटमा प्रवेश गरेकी हुन् । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले अन्य दुई प्रतिस्पर्धीलाई हराएकी हुन् । कोच जोन लिजेन्डको समूहबाट नकआउट चरणका लागि परिजिता र मेरिलाइन्डबीच प्रतिस्पर्धा भएको थियो ।

कोच जोनसहित चारैजना कोचले नकआउट चरणका लागि बाँस्तोलालाई रोजेका थिए । सानो उमेरमा उनले यति गम्भीर गीतलाई समधुर र सहज ढंगले गाएको भन्दै कोचले प्रशंसा गरेका थिए ।