१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


‘के घर के डेरा’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार


1.196k
Shares

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को शिर्ष गीतमा टिकटक बनाएर आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ ।

हरेक कुरालाई छिटो दर्शकमाझ पुर्‍याउने माध्यम टिकटक बनेको छ । जसले छोटो समयमा रमाइलो तरिकाले हरेक कुरालाई प्रस्तुत गरेको हुन्छ । यसै क्रममा चलचित्रको प्रचार प्रसारका लागी चलचित्र निर्माण टिमले यो माध्यमलाई अब्बल मानेका छन् । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’ ले पनि दर्शकलाई लोभ्याउनका लागि टिकटक प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चलचित्रको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।

डेरामा बस्नेको र घरवेटीको समस्या बोल्ने गीतमाथि टिकटक बनाएर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै चलचित्रको लाइक पेजमा ट्याग गर्नुपर्ने, चलचित्रको लाइक पेज लाइक गर्नुपर्ने, ट्रेलर सेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो चलचित्रको पेजमा इनबक्स गर्नुपर्नेछ । त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार नगद पुरस्कार प्राप्त गर्न सक्ने निर्माण टिमले जनाएको छ ।

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको फिल्ममा सिंगे लामाको कथा र शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत छ ।