१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते


65
Shares

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–५ सिटबरैलीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे ११ प ३७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बारबर्दिया नगरपालिका–२ जोगिगाउँका ३२ वर्षीय श्याम किशोर थारुको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीय बाल किसन थारु घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय बनियाभार बर्दियाले जनाएको छ ।