
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ को तलुवा क्षेत्रमा वनमाराको प्रकोप देखिएको छ ।
मिचाहा प्रजातिका रुपमा चिनिने वनमारा पछिल्ला वर्षहरुमा यहाँका खेतीयोग्य बारी र वन क्षेत्रमा समेत फैलिएको छ । वनमारा फैलिन थालेपछि यहाँका किसान निकै समस्यामा परेका छन् ।
वनमाराले खाली क्षेत्र मिच्दै बालीनाली, घाँसपात र रुखविरुवा समेत क्षति गर्न थालेको स्थानीयले बताएका छन् ।
सुख्खाग्रस्त तलुवा क्षेत्रमा अन्न उब्जनी हुन छाडेपछि स्थानीयले जमिन बाँझो राख्ने चलन बढेको छ । बाँझिएको जमिनबाट निस्किएको बनमारा यहाँको वस्तीमा समेत प्रवेश गरेको स्थानीयको भनाइ छ ।
वनमाराको प्रकोपले यो क्षेत्रमा अहिले पर्याप्त भुइँघाँस र डालेघाँस पाउन छाडेको छ ।
प्रतिक्रिया दिनुहोस्