१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको स्वर्ण पदक एपीएफलाई


104
Shares

पाेखरा । सशस्त्र प्रहरीको एपीएफ टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा विभागीय प्रतिद्धन्दी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो । निर्धारित समय र थपिएको समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

पेनाल्टीमा सुरुवाती ५ प्रहारमा दुबै टोलीले ४–४ गोल गरेपछि सडन डेथमा एपिएफले बाजी मा¥यो । पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल गोल गर्नबाट चुके ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे । यसैगरी एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे ।

सनिस श्रेष्ठले भने गोल गर्न सकेनन् । पेनाल्टी अघि दोस्रो हाफमा दुवै टोलि १० खेलाडीमा समेटिएका थिए । एपीएफका प्रदिप लामा र आर्मीका पदम तामाङले रातो कार्ड पाएका थिए ।