
काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार बिहान तालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि खेल मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने भएकाे छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ ।
समूह ‘ए’ मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन । त्यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश-१ मा रहेको छ । त्रिवि खेल मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्