
काठमाडौं । एक महिनामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदैछ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र सरकार तथा सम्बन्धित पक्षले आवश्यक तयारी गरिरहेका छन् ।
नेपालको संविधानले प्रतिनिधिसभा सदस्य २ सय ७५ मध्ये १ सय ६५ र प्रदेशसभा सदस्य ५ सय ५० मध्ये ३ सय ३० स्थान लागि यो समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणालीबाट हुन्छ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।
आगामी मंसिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुने छन् ।
निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । यसमा ८८ लाख ४७ हजार ५ सय ७९ महिला र ९१ लाख ४० हजार ८ सय ६ तथा १ सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार ८ सय ९१ र २२ हजार २ सय २६ मतदानस्थल तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्