
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार पोखरामा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले गठबन्ध आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले गबठन्धन आजको आवश्यक्ता रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनमा लाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले शीर्ष नेताहरु सबै गठबन्धनमा मिलेकाले तल्लो स्तरका कार्यकर्ताहरुले पनि मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोका कुराले केही हुनेवाला छैन । हाम्रो गठबन्धन छ, गठबन्धन आवश्यक्ता छ । गठबन्धन कुनैपनि हालतमा कुनैपनि बहानामा गठबन्धनमा शंका पैदा गराउने, गठबन्धन भित्र कुनैपनि आग्रह, पूर्वाग्रहमुक्त गठबन्धन हुनुपर्छ । सबैलाई आग्रह के गर्छु भने गठबन्धन आजको आवश्यक्ता हो । यसमा गठबन्धनका साथीहरुलाई, गठबन्धनका नेताहरुलाई खेलकुदमा नम्बर वान हुनसक्छ, खेलकुदको हब बन्नसक्छ ।’
सत्ता साझेदार पाँच दलीय गठबन्धनले शुक्रवार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्