२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रतिगमनलाई परास्त गछौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस् : रामचन्द्र पौडेल


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताउनुभयो । उहाँले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिनुभयो । उहाँले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवाहरुलाई स्वरोजगार बनाउने र विदेशमा गइ भौँतारिनुपर्ने बाध्यताबाट हुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गठबन्धनले जित्ने कुरा ठूलो नभइ प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको जिकिर गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताहरुले अतितलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।