
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताउनुभएको छ ।
शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको हो ।
उहाँले आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वभाविक र प्राकृतिक रहेको बताउनुभयो । उहाँले पवित्र उद्देश्यले गठबन्धन बनाइएको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको बताउनुभयो । प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उहाँले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताप्रति जिम्मेवारी बोधका साथ अगाडी बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्