५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको छ : प्रधानमन्त्री देउवा


1.495k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताउनुभयो । उहाँले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उहाँले आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो ।

उहाँले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली कांग्रेसको कर्तव्य हुने बताउनुभयो । समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।