२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हामी एकै डुंगामा छौं, हारे सबैले हारिन्छ, जिते सबैले जितिन्छ : अध्यक्ष दाहाल


767
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रवार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन अगाडि जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले चुनावसम्मका लागि मात्रै गठबन्धन नगरिएको भन्दै चुनाव सकिएपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टी मात्रै नहेरी गठबन्धनका सबै उम्मेदवारहरुलाई विजय गराउन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले सबै एकै डुंगामा सवार रहेको उल्लेख गर्दै जिते सबैले जित्ने र हारे सबैले हार्ने बताउनुभयो । उहाँले एकअर्कालाई सहयोग गर्ने र एकतावद्ध भई जनताको बीचमा जानलाई उच्च प्राथमिकता दिन अपील गर्नुभयो ।

उहाँले देशको आर्थिक विकासलाई गति दिने जिम्मेवारी पनि गठबन्धनको काँधमा रहेको बताउनुभयो । अध्यक्ष दाहालले गठबन्धन नयाँ मिसन र भिजनसहित देशको आर्थिक विकासमा केन्द्रित हुने बताउनुभयो ।