२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आम मतदाताले सत्तारुढ गठबन्धनलाई निर्वाचनमा सफल बनाउनुपर्छ : गृहमन्त्री खाँण


325
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाँणले मुलुकको राष्ट्रिय आवश्यक्तालाई ध्यान राखेर पनि आम मतदाताले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनुपर्ने बताउनुभयो ।

शुक्रबार बुटवलमा आयोजित सत्तारुढ गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार गृहमन्त्री खाँणले आगामी निर्वाचनमा पनि आफूहरुको पक्षमा मतदान गर्न लुम्बिनी प्रदेशका मतदातालाई आह्वान गर्नुभयो ।

लुम्बिनी प्रदेशका जनताको चाहना, विकास, शान्ति र समृद्धि भएको उल्लेख गर्दे उहाँले निर्वाचनमा सत्तारुढ दलहरु विजयी भए जनताको सो चाहना पूरा हुने आश्वासन समेत दिनुभयो ।

गृहमन्त्री खाँणले लोकतान्त्रिक–बाम गठबन्धनबाट मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भएको स्मरण गराउँदै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पनि सो गठबन्धन सफल हुने पटकपटक दोहोर्‍याउनुभयो ।