८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


247
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ ।