३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अर्घाखाँचीमा तिहारमा राति ९ बजेसम्म मात्र देउसी-भैलाे खेल्न पाइने


26
Shares

अर्घाखाँची । अर्घाखाँचीमा नेपालीहरुकाे दोस्रो महानपर्व तिहारमा राति ९ बजेसम्म मात्र देउसी-भैलाे खेल्न पाइने भएको छ ।

राति ९ बजेपछि भने देउसी-भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको हाे । तिहारमा आफ्नो संस्कार अनुसार मितव्यी रुपमा मनाउन पटका, भुइँचम्पा पटका, आतिसवाजी र विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने भएको छ ।

त्यस्तै, जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो । त्यस्तै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलहरुमा हो-हल्ला र झै-झगडा नगर्न समेत अनुरोध गरिएको उहाँले बताउनुभयाे ।

साथै प्रशासनको नियम विपरित कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने उहाँले बताउनुभएकाे छ ।