२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राप्रपाको प्रतिष्पर्धा एमालेसँग : राजेन्द्र लिङ्देन


949
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने दाबी गर्नुभएको छ ।

आइतवार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने दाबी गर्नुभएको हो ।

उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने जिकिर गर्नुभयो ।

कांग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस,कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने दाबी गर्दै देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताउनुभयो ।

एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै अध्यक्ष लिङ्देनले हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।