
काठमाडौं । चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपालीले चलचित्रमा कुनै पनि दृश्य काँटछाँट नगरेको र नथपेको चलचित्र विकास बोर्डलाई प्रष्ट पारेका छन् ।
निर्माता नेपालीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा उल्लेख गरेका हुन् । ध्वनि र कलरमा देखिएको प्राविधिक त्रुटिलाई सच्याउने बाहेक अन्य कुनै पनि कार्य नगरेको निर्माता नेपालीले प्रष्ट परेका छन्।
‘हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं । थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं ।’ रेड वर्ड प्रोडक्सन प्रा. लिले वारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चलचित्रलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको र कला र सिर्जनामाथि अंकुस लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नरहने निर्माता नभपालीले बताएका छन् ।
निर्माता नेपालीले सञ्चार माध्यममा प्रकाशित सबै समाचारलाई आधिकारिक नमानिदिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्