२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचन सफलतापूर्वक सम्पन्न हुन्छ : गृहमन्त्री खाँण


26
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गृहमन्त्री खाँणले सुरक्षाका धेरै चुनौतिहरु रहे पनि सुरक्षा निकायहरुका साझा र संयुक्त प्रयत्नले सो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताउनुभएको हो ।

आइतबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनमा देखिएको जटिलताहरुलाई हल गर्न सरकारले सुरक्षा निकायहरुसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि बताउनुभयो ।

गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि स्पष्ट पार्नुभयो । गोष्ठीमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रभावकारी ढंगले सुरक्षा निकायको परिचालन गर्न सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिनुभएको हो ।