५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


एमाले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ : पूर्वमन्त्री यादव


195
Shares

विरगञ्ज । पूर्ववनमन्त्री एंव पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादवले देशमा सुशासन स्थापना गर्न नेकपा एमालेको नेतृत्वको गठबन्धनको जित आवश्यक भएको बताउनुभएको छ ।

आसन्न निर्वाचन लक्षित रोड सोका क्रममा पार्टी कार्यकर्ता र स्थानीय बासिन्दासंग भेटघाटको क्रममा जसपा नेता यादवले विकास, समृद्धि र सुशासन स्थापनाका लागि एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको हो ।

सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै यादवले लोकतन्त्रको रक्षाका लागि एमाले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

आफु सांसद र थोरै समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र तथा पर्सा जिल्लामा ध्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको जिकिर गर्दै यादवले बाँकी काम सम्पन्न गर्नको लागि पनि आफुलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।