२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरामा प्लाष्टिकका फूल बिक्रीमा रोक


26
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री रोक्न बजार अनुगमन गरेको छ ।

पोखरा महानगरपालिका र उपभोक्ता हित संरक्षण समितिले पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका पसलहरूमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको थियो ।

विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले वातावरणमा समेत असर परेको छ । प्लाष्टिकका फूल र माला बिक्री वितरण गरिएको भेटिए १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी पनि महानगरपालिकाले दिएको छ ।