१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनकुटामा तिहारको रौनक


338
Shares

धनकुटा । तिहार सुरु भएसँगै धनकुटाका ग्रामीण र शहरी क्षेत्रमा रहेका साप्ताहिक र पाक्षिक बजारमा सर्वसाधारणको चहल पहल बढेको छ ।

तिहार सुरु भएसँगै धनकुटा सदरमुकाम सहित जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरुमा तिहारका लागि चाहिने सामग्री किन्नेको भिड लागेको छ ।

तिहारको समयमा गाउँगाउँका बजारमा बिक्रि गर्ने व्यापारीहरु पुगेसँगै ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका यस्ता बजारमा चहल पहल बढेको हो ।

तिहारका लागि चाहिने टिका सामाग्री, बत्ति, पाला, फुल, लताकपडा, माटाका सामग्री, फलफूल किन्ने र दैनिक उपभोग्य वस्तु खरिद र बिक्रि गर्नेको चहल पहलले तिहारको रमझम समेत देखिन थालेको छ ।