२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


१५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी : अध्यक्ष दाहाल


1.066k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।

हरेक सफल क्रान्तिपछिका १०-१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले ठूला परिवर्तन भएको १०-१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले पनि उकथरी मानिसहरु राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको भन्दै उनीहरु देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशसाको प्रत्याभुति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएपनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको बताउनुभयो । उहाँले स्थिरता र समृद्धि बिना संविधानको रक्षा हुन नसक्ने पनि जिकिर गर्नुभयो । उहाँले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।