२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचन क्षेत्र परिवर्तन नगर्ने ओनसरी घर्तीको प्रतिवद्धता


377
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उहाँले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताउनुभएको हो । उहाँले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्‍याउन नेता, कार्यकर्तालाई निर्देशन दिनु्भयो ।

घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गराउन केन्द्रमा पहुँच पुर्‍याउन आफू समक्ष रहेको उहाँले बताउनुभयो ।