१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तिहारमा भारतीय फूलकै आयात बढी


195
Shares

काठमाडौं । तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ ।

तिहारमा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको छ ।

बजारमा नेपाली भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणको गुनासो छ । घरका झ्याल, ढोका पसल सजाउन प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरुमा भन्दा यस वर्ष बढेको सर्वसाधारणले बताएका छन् ।

सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भनेपनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रुपमा बिक्री भइरहेको स्वयं व्यापारीहरु नै बताउँछन् । उनीहरुले फूलमा नेपाल आत्मनिर्भर भएपनि भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन् ।

सर्वसाधरणले नेपाल फूलमा आत्मनिर्भर भएर पनि भारतबाट आयात गरी महंगोमा बेचिरहेको बताए । एक सर्वसाधारणले भारतबाट फूल आयात प्रतिवन्ध भनिए पनि बजारमा व्यापारीहरुले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेका छन् । भारतबाट माला आयातमा रोक लगाएको भनिएपनि बजारमा भारतीय माला पनि प्रशस्त रहेको व्यवसायीहरु बताउछन् ।