१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति भवनमा देउसीभैलो (तस्बिरहरु)


169
Shares

काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ ।

सोमबार शितलनिवासस्थित राष्ट्रपतिको निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारीमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।

कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रस्तुत गरेका थिए । बालमन्दिरका बालबालिकाले नृत्य पनि प्रस्तुत गरेका थिए ।

देउसीभैलोसँगै सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चाखपूर्ण रुपले हेर्नुभएको थियो । प्रस्तुति सकिएलगत्तै उहाँले देउसे टोलीलाई दान दिनुभएको थियो ।

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगती तथा सुस्वास्थ्यको कामना गरिएको थियो । देउसी खेलेर पाएको दक्षिणाले सामाजिक कार्य गर्ने आयोजकले जनाएको छ ।