२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उज्यालो पर्वको उत्साह आफैंमा प्रेरणादायी


91
Shares

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा चहलपहल सुरु भएको छ । बजारमा फूलमाला र झिलीमिली बत्तीको भाउ आकासिएको छ । व्यवसायीहरुकाअनुसार पूजाको सामाग्री तथा भाई मसला भाउ बढेपनि मूल्यमा आकासपातालको फरक छैन ।

नेपालीहरुको ठूलो दोस्रो चाड तिहार सुरु भएसँगै काठमाडौको मुख्य बजार असन, ईन्द्रचोक लगाएत अन्य स्थानहरुमा बजारमा तिहारका लागि किनमेल गर्ने र बेच्नेहरुको भिडभाड देखिएको छ । तिहारका लागि भाई मसला, फूल, माला, पूजाको सामाग्री तथा मिठाई बेच्ने र किन्नेहरुको चहलपहल छ । त्यस्तै, पूजाका लागि पवित्र मानिने पित्तल तामाका भाँडाहरु किन्नेहरुको पनि भिडभाड देखिएको छ । बजारमा अन्य वर्षको तुलनामा फूल मालाको मूल्य अत्यधिक बढेको गुनासो उपभोक्ताको गुनासो छ । यता, यो वर्ष फूल कम फूलेकोले मालाको भाउ बढेको व्यापारीहरुको भनाई छ । तर मखमली फूलको माला त्यति अन्तर देखिदैन । व्यापारीहरुले २० देखि ३५ रुपैयाँ सम्म मखमली फूलको माला बेचेका छन् ।

यता, अघिल्लो वर्षको तुलनामा असन बजारमा भीडभाड केही कम देखिएको छ । यो समयमा बजारमा खुट्टा टेक्न पनि असहज हुने मुख्य व्यापारिक यस ठाउँमा उतिसारो चहलपहल छैन । काठमाडौं बाहिर जानेले लक्ष्मीपूजा भन्दा अगाडि नै किनमेल सकेको र उपत्यकामै बस्नेहरुले मंगलबार र बुधबार किनमेल गर्ने भएकाले पहिलाको तुलनामा बजारमा उपभोक्ता कम देखिएको हुन् । बजारमा अन्य सामाग्रीको भाउ आकासीएपनि भाई मसलामा प्रयोग हुने सामाग्रीको भाउ अन्य सामाग्रीको तुलनामा केही कम बढेको व्यापारी बताउँछन् ।

उज्यालो पर्व मनाउन हुने खानेदेखि, हुँदा खानेसम्मको उत्साह आफैंमा प्रेरणादायी देखिन्छ ।