
पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा १ स्थित विजुली भन्ज्याङमा सोमबार अपराह्न्न ३ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका ३ का २८ वर्षका भक्त सम्हाम्फे रहेका छन् । मौवा बजारबाट घर तिर जाँदै गरेका सम्हाम्फेको मे ७ प ५४९९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल जंगलमा खसेको थियो ।
इलाका प्रहरी कार्यालय रवि र प्रहरी चौकी मौवाको टोली घटनास्थलतर्फ गएको प्रहरी जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्