१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने


429
Shares

एजेन्सी । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

सुनक बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा चयन भएका छन् । प्रतिस्पर्धा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।

४२ वर्षीय सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ ।

गत साता प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिने घोषणा गरेसँग कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि सोमबार मनोनयनका लागि समय तोकिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजिनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि प्रधानमन्त्री बन्ने भएका छन् ।