
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको पनि पटकपटक दोहोर्याउनु । नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्