
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची बजराका तीन वटा पसलमा हिजो सोमबार राती आगालागी भएको छ ।
हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल र होटल रहेको घरमा सोमबार राति लागेको आगो स्थानीय, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो ।
पाँचखाल नगरपालिकाको दमकल पुगेपछि मात्र आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम शिंह भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्