
काठमाडाैं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहार पछाडि अर्थात कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ ।
लामिछाने विरुद्दको अनुसन्धान पुरा भएपछि कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे हाे । आइतबार प्रहरी वृत गौशालाले रायसहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो ।
साेही प्रतिवेदनकाे आधारमा सरकारी वकिल कार्यालयले कार्तिक १३ गते काठमाडाैं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताउनु भयाे ।
सन्दीपविरुद्द प्रहरीले चार पटकसम्म अनुसन्धानकाे लागि म्याद थप गराएकाे हाे । सात दिन, पाँच दिन, चार दिन र दुई दिन गरी चार पटकसम्म अनुसन्धानकाे लागि प्रहरीले म्याद थप गराएकाे हाे ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेकाे थियाे ।
ती प्रहरी अधिकृतका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेकाे छ ।
गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उजुरी लगत्तै प्रहरीले लामिछाने विरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्