
इलाम । आन्तरिक पर्यटनको गन्तव्य इलामको पर्यटकीय क्षेत्र अन्तुमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । चाडबाडका साथै पर्यटकीय सिजनमा ७ हजार बढी पर्यटक पुग्ने अन्तु क्षेत्रमा शौर्दयकरणसँगै पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।
चाडबाड भित्रिए संगै मौसम पनि खुलेको छ । घाम लागे संगै बर्खा भरि हिल्लामे सडकपनि यो सुख्खा बनेका छन् भने यो संगै इलाम घुम्नेको संख्या पनि थपिदै गएको छ । इलामको श्रीअन्तु यतिबेला पर्यटकले भरिभराउ भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन दैनिक हजारौ पर्यटक पर्यटक अन्तु क्षेत्रमा पुग्ने गरेकाछन् । पर्यटकको चाप बड्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणको काम समेत गरिएको छ ।
ग्रामीण पर्यटकीयस्थलको गन्तव्य अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । बिहान झिसमिसमा सूर्योदय हेर्न जंगलको बाटो भएर जानुपर्ने भएपछि सडक बत्ति जडान गरिएको छ । स्थानीय समुदायले पर्यटन प्रवद्र्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक बढी मात्रामा होम स्टेमा रमाउन थालेका छन् ।
परिवारका सदस्यझै बसेर रात कटाउन सकिने भएपछि अन्तु पुग्ने पर्यटकको चाप बढेसँगै होम स्टेको संख्या पनि बढेको छ । अन्तुमा सूर्योदय नगरपालि, प्रदेश १ सरकार र संघीय सरकारबाट पूर्वाधार निर्माणका काम गरिएका हुन् ।
२० वर्ष अघिदेखि होम स्टेमा पर्यटकलाई स्वागत गरी पर्यटन प्रवद्र्धनमा काम गरिएपछि अन्तुमा शुक्रबार र शनिबार बढी पर्यटन पुग्ने गरेका छन् । सूर्योदय, हरियालि चिया वगान, अन्तु पोखरीमा डुंगा सयर, सीमावर्ती भारतीय भू–भागको अवलोकन र कंचनजंघा हिमालको दृश्यवलोकन गर्न सकिन्छ । असोज, कात्तिक, मंसिर, फागनु, चैत्र र बैशाख महिनामा बढी मात्रामा अन्तुमा मात्रै पर्यटकको चाप हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्