१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचथरमा बेलुका ९ बजेपछि देउसीभैलो खेल्न नपाइने


104
Shares

पाँचथर । पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको हो ।

राजनीतिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको सर्वपक्षीय भेलाले निर्वाचन नजिकिरहेका बेला रातभर देउसीभैलो खेल्दा शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै समय सीमा तोकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

देउसीभैलोसँगै जिल्लामा सञ्चालन भइरहेका होटलहरु पनि बिहान ५ देखि राति ९ बजेसम्म सञ्चालन गर्ने सहमति भएको छ ।