
काठमाडौं । १६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४८ पीसीआर परीक्षण गर्दा १४ जना र ४४० एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा ६६२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्