३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र : गृहमन्त्री खाँण


221
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताउनुभएको छ ।

मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बतउनुभएको हो ।

रुपन्देहीको सेमलारमा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो कृषि थोक बजार केन्द्र निर्माणको क्रममा रहेकाले नेपाली कृषिजन्य वस्तु विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो ।

खाँणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुुपर्ने मालसामान गौतमबुद्ध विमानस्थलमै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण बनेको पनि बताउनुभयो । यसकारण हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने मन्त्री खाँणले आश्वासन दिनुभयो ।