
काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।
आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरुमध्ये उनीहरुको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्