
काठमाडौं । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५५४ र एन्टिजेनबाट ५६३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बुधबार ३५ जना कोरोनामुक्त भएका छन् ।
हाल सक्रिय कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्