
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनुभएको छ ।
शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताउनुभएको हो । उहाँले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्