१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा


26
Shares

काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ ।

बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । पीएम कप कात्तिक १३ देखि २६ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ‘ए’ मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।