
काठमाडाैं । तिहार सकिने बेलासम्म फूल नफुलेपछि खोटाङका फुल किसानहरु चिन्तित बनेका छन् । तिहारलाई लक्षित गरी लगाएको फूलमा बल्ल कोपिला लाग्दा उनीहरु चिन्तित बनेका हुन् ।
यो वर्ष तिहार फूल फूल्ने समय भन्दा छिटो पर्दा आफूहरुलाई मर्का परेको फूल किसानहरुको भनाइ छ । फूल नफुलेपछि तिहारमा खोटाङवासी बजारमा पाइने प्लास्टिकका फूलमा भरपर्नु परेको छ ।
कतिपयले भने भर्खर लागेको कोपिला टिपेर प्रयोग गरेका छन् । विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलखेती गरिए पनि फूल नफुल्दा समस्या भएको खार्मीकी स्थानीय आस्था मगरको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्