३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

कौडा खेलिरहेका ८ जना पक्राउ


195
Shares

काठमाडौं । कौडा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका पैयौटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधबार राति उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र दुई लाख ८६ हजार ६८०० नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुमा प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।