२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आफूविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै अध्यक्ष भट्टराईको आपत्ति


2.145k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाउनुभएको हो ।

आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्बिर राखेर अनर्गल प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् भन्दै प्रश्न गर्नुभएको छ । उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि भन्ने प्रश्न गर्दै डा.भट्टराईले सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने बताउनुभएको छ ।