१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


39
Shares

काठमाडौं । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० का छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।

छठ पर्वको लागि कल्याणपुर बजारमा बिक्रीका लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको नम्बरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ ।