२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनप्रतिनिधि परिवर्तनपछि पाँचथरको एक विद्यालय भवन अलपत्र


52
Shares

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि १० लाख रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भएको थियो ।

भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक स्टिमेट परिवर्तन गरी दुईकोठे भवन निर्माण थालियो । गत आर्थिक वर्षको बजेटबाट दुईकोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङ्गरोगन गर्न बजेट पर्याप्त थिएन ।

नगरपालिकाबाट सुरुवात भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरूले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले बताउनुभयो ।