१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्वीटरमा नम्बर वनमा ट्रेण्ड गर्दै #NoNotAgain अभियान


3.068k
Shares

काठमाडौं । ट्वीटरमा नम्बर वनमा #NoNotAgain अभियान ट्रेण्ड गरिरहेकाे छ ।

मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै उक्त अभियान चलिरहेको छ ।

यो समाचार तयार पार्दासम्म अहिलेसम्म एक हजारभन्दा बढी पटक ट्वीट भएको छ ।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द ग गर्न चेतावनी दिएको थियो । आयोगको चेतावनीपछि यो अभियान झन फैलिएको छ ।