२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी


52
Shares

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार २ सय ३० जना सरकारी कर्मचारी र ६ सय १२ जना स्वयंसेवक कर्मचारी खटाउने तयारी गरेको हो ।

जिल्लाका ८४ मतदास्थलमा रहेको १ सय ५३ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

५ सयभन्दा बढी मतदाता भएको केन्द्रमा स्वयंसेवकबाहेक ८ जना कर्मचारी खटाउने प्रावधान अनुरुप सरकारी तथा संस्थानमा कार्यरत कर्मचारी र शिक्षकको विवरण अद्यावधिकको काम भइरहेको बताइएको छ ।

कार्यालयले आगामी कात्तिक २६ गतेभित्र तालिम दिएर सबै केन्द्रहरुमा कर्मचारी परिचालन गर्ने तयारी समेत गरेको छ ।