१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेन्सी पसलबाट साढे ५ लाख नगद चोरी, चार जना बालक नियन्त्रणमा


2.509k
Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ ।

बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चार जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका बालकहरु १० देखि १३ वर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ६० हजार नगद मात्र फेला परेको र चोरी भएको बाँकी पैसा नभेटिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न बालकलाई तालिम प्राप्त चोरहरुले प्रयोग गरेको हुनसक्ने र चोरी भएको रकम लिएर गएको प्रहरीको अनुमान छ ।