१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूबाट पारित


1.534k
Shares

काठमाडौं । सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार बिक्रीमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ ।

जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि यस्ता कारको उत्पादन र बिक्रीमाथि प्रतिबन्ध लगाउन र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका सदस्य राष्ट्र मुलुक एकमत भएका हुन् ।

यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, यूरोपेली संसद र कार निर्माता कम्पनीहरु समेत सहमत भएका रोयटर्सले जनाएको छ । यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि गर्ने ईयुको दाबी छ ।

यसका साथै अब उत्पादन हुने कारले पनि २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको जनाइएको छ । अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्ने जनाइएको छ ।