२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तेह्रथुमका किसान किबी खेती तर्फ आकर्षित


312
Shares

तेह्रथुम । तेह्रथुमका किसानहरुले किबी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

नगदेबालीको स्याहार सुसार र संरक्षणमा नयाँ प्रविधि भित्रिएसँगै उनीहरु किबी खेतीमा लागेका हुन् ।

तेह्रथुम लालीगुराँस नगरपालिका सोल्माका देवी पोखरेलले सुरु गरेको किबी खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ ।

इलामबाट दुई सय किबीको बिरुवा ल्याएर धानखेती मासेर किबी खेती गर्नुभएका पोखरेलको बगैंचामा हाल वार्षिक दुई लाख भन्दा बढी आम्दानी हुने गरेको छ । बगानमा लगाएको बिरुवा र किबी बिक्रीबाट समेत थप आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।